परराष्ट्रमन्त्री डा. राणा चीन प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज चीन प्रस्थान गरेकी छिन् । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि उनी आज मध्याह्न त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

डा. राणा नेपालको परराष्ट्र मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक चीन भ्रमणमा गएकी हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राई र मन्त्रालयका अधिकारीहरूले बिदाइ गरेका थिए ।

भ्रमणका क्रममा मन्त्री डा राणाले चिनियाँ विदेशमन्त्री यीसँग द्विपक्षीय भेटवार्ता गर्ने छन् । सो भेटवार्ता शुक्रबार चीनको सिचुआन प्रान्तस्थित छेन्दु सहरमा हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

चीनको औपचारिक भ्रमणका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भ्रमणको तयारीस्वरूप उनी आज चीन गएकी हुन् । प्रधानमन्त्री ओली अर्को साता चीन भ्रमणमा जाँदै छन् । परराष्ट्रमन्त्री डा. राणा यही मङ्सिर १५ गते स्वदेश फर्कनेछिन् ।

बागमती प्रदेशका साढे १३ लाख स्वास्थ्य बीमामा आबद्ध Read Previous

बागमती प्रदेशका साढे १३ लाख स्वास्थ्य बीमामा आबद्ध

१९ करोड खर्चेर सानो गौचरन रंगशाला पुनःनिर्माण गर्दै काठमाडौं महानगर Read Next

१९ करोड खर्चेर सानो गौचरन रंगशाला पुनःनिर्माण गर्दै काठमाडौं महानगर