अमेरिकी राष्ट्रपति निर्वाचन : ट्रम्प झण्डै २०० इलेक्टोरल मतसहित अगाडि

काठमाडौं । अमेरिकाको राष्ट्रपति नर्वाचनको मतगणना जारी छ । ४७‍औं राष्ट्रपति छान्न मंगलबार भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।

पछिल्लो (नेपाली समय बिहान (बजेसम्म) मतपरिणाम अनुसार रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प अगाडि देखिएका छन् । सीएनएनका अनुसार उनी अहिलेसम्म १९८ इलेक्टोरल मतसहित अगाडि देखिएका छन् ।

त्यस्तै डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यरिस ११२ इलेक्टोरल मतमा अगाडि छिन् । राष्ट्रपतिमा निर्वाचित हुन कुल ५३८ इलेक्टोरल मतमध्ये कम्तीमा २७० ल्याउनुपर्नेछ । अमेरिकाका ५० राज्यका लागि जनसंख्याका आधारमा ५३५ र संघीय राजधानी ‘डिस्ट्रिक्ट अफ कोलम्बिया’ का लागि ३ इलेक्टोरल मत निर्धारण गरिएको छ ।

अहिले सार्वजनिक मतपरिणाम सुरुवातको हो । त्यसैले अहिलेकै अग्रतालाई लिएर कसले जित्न सक्छ भन्ने अनुमान गर्न कठिन हुन्छ ।

५० राज्यमध्ये अधिकांश राज्यले परम्परागत रूपमा राष्ट्रपतीय निर्वाचनमा प्रायः एउटै पार्टीलाई जिताउने गरेका छन् । यस पटक पनि विगतमा जस्तै निर्वाचन परिणाम ‘स्विङ स्टेट’ले निर्धारण गर्ने देखिएको छ । स्विङ स्टेटहरु पेन्सिलभेनिया (१९), जर्जिया (१६), नर्थ क्यारोलाइना (१६), मिसिगन (१५), एरिजोना (११), विस्कन्सिन (१०) र नेभादा (६) गरी कुल इलेक्टोरल मत ९३ छ ।

सीएनएनको प्रोजेक्सन अनुसार हालसम्म पूर्वराष्ट्रपति ट्रम्पले केन्टकी, इन्डियाना, वेस्ट भर्जिनिया, अलाबामा, टेनिसी, मिसोरी, ओक्लाहोमा, फ्लोरिडा, साउथ क्यारोलाइना, अर्कान्सास, टेक्सस, नर्थ डकोटा, साउथ डकोटा, योमिङ राज्यमा जित्ने देखिन्छ ।

त्यस्तै उपराष्ट्रपति ह्यारिसले न्युयोर्क, इलिनोय, रोड आइल्यान्ड, डेलावेयर, डिस्ट्रिक्ट अफ कोलम्बिया, मेरिल्यान्ड, म्यासाचुसेट्स, भर्मोन्टमा जित हात पार्ने सक्ने सीएनएनको प्रक्षेपण छ ।

उडान रद्द भएमा ‘रिफण्ड’ गर्न ४ दिनसम्म लाग्ने, यस्तो छ बुद्ध एयरको ६ बुँदे निर्देशिका Read Previous

उडान रद्द भएमा ‘रिफण्ड’ गर्न ४ दिनसम्म लाग्ने, यस्तो छ बुद्ध एयरको ६ बुँदे निर्देशिका

त्रिभुवन विमानस्थलबाट साढे ५ केजी सुनसहित ३ विदेशी पक्राउ Read Next

त्रिभुवन विमानस्थलबाट साढे ५ केजी सुनसहित ३ विदेशी पक्राउ