रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति

फाइल फोटो

काठमाडौं । सहकारीको बचत रकम अपचलनको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजालसले सभापति लामिछानेलाई थप १० दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न आज अनुमति दिएको हो ।

प्रहरी र सरकारी वकिलले २५ दिनको म्याद माग गरे पनि अदालतले १० दिन मात्र थप गरेको हो ।

रविलाई हिरासतमा राख्न म्याद थपिएको यो तेस्रो पटक हो । कात्तिक २ गते पक्राउ परेका उनलाई कात्तिक ४ गते ५ दिनका लागि अनुमति दिइएको थियो । त्यसपछि फेरि ७ दिनको म्याद थपिएको थियो ।

लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुरमा अनुसन्धान भइरहेको छ ।

पञ्चेश्वर परियोजनाको 'डीपीआर' चाँडो पूरा गर्न भारतलाई आग्रह Read Previous

पञ्चेश्वर परियोजनाको 'डीपीआर' चाँडो पूरा गर्न भारतलाई आग्रह

मुग्लिन-पोखरा सकड : थपिएको समयमा पनि काम नसकिने, पश्चिमखण्डको अति सुस्त Read Next

मुग्लिन-पोखरा सकड : थपिएको समयमा पनि काम नसकिने, पश्चिमखण्डको अति सुस्त