काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्यूरोले प्रसाईंलाई भक्तपुरकाे कमेरोटारस्थित उनकै घरबाट पक्राउ गरेको हो ।
उनलाई साइबर अपराधको कसुरमा अनुसन्धान गर्न पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले बुधबार नै अनुमति दिएको थियो ।
उनले विभिन्न व्यक्तिको चरित्र हत्या गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।