दिल्लीको नयाँ मुख्यमन्त्री आतिशी

काठमाडौं । भारतको दिल्ली राज्यको नयाँ मुख्यमन्त्री आतिशी मार्लेना सिंह बन्ने भएकी छिन् । मुख्यमन्त्री अरविन्द केजरीवालको राजीनामापछि आतिशी नयाँ मुख्यमन्त्री बन्ने भएकी हुन् ।

आम आदमी पार्टी (आप)को मंगलबार बसेको विधायक दलको बैठकले आतिशीलाई दल नेता चुनेको हो । दलको विधान सभाले सर्वसम्मतीमा नयाँ मुख्यमन्त्रीका लागि आतिशीलाई दलको नेता चुनेको हो ।

मदिरा सम्बन्धी नीतिगत भ्रष्टाचार गरेको आरोपमा जेलमा परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले धरौटीमा रिहा भएपछि पदबाट राजीनामा दिने घोषणा गरेका छन् । केजरीवाल जेलमा रहेका बेला सरकारको महत्वपूर्ण जिम्मेवारी आतिशीले सम्हालेकी थिइन् ।

अब वर्तमान मुख्यमन्त्री केजरीवालले उपराज्यपाल वीके सक्सेनालाई भेटेर राजीनामा दिने छन् ।

१३ सेप्टेम्बरबाट तिहाड जेलबाट रिहा भएका केजरीवालले १५ सेप्टेम्बरमा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरेका थिए ।

लाइसेन्स प्राप्त हतियार समेत अब सरकारी र सार्वजनिकस्थलमा लैजान नपाइने Read Previous

लाइसेन्स प्राप्त हतियार समेत अब सरकारी र सार्वजनिकस्थलमा लैजान नपाइने

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च मधेश च्याप्टर गठन Read Next

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च मधेश च्याप्टर गठन