भड्किलो तीज मनाउनेलाई कारबाही गर्ने काठमाडौं जिल्ला प्रशासनको चेतावनी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अनावश्यक तडकभडक र खर्चिलो हुने गरी तीज कार्यक्रम गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ ।

प्रशासनले बिहीबार एक सूचना जारी गर्दै तडकभडकसहित खर्चिला कार्यक्रम गरेको पाइएका कानुन बमोजिम कारबाही गर्ने जनाएको हो ।

विगतका तुलनामा पछिल्ला केही वर्षमा तीज मनाउने क्रममा अनावश्यक तडकभडक सहितका खर्चिला कार्यकमहरू बढ्दै गएको देखिएको प्रशासनको भनाइ छ ।

‘सामाजिक व्यवहार (सुधार) ऐन २०३३ र सामाजिक व्यवहार (सुधार) नियमावली २०३३ ले धार्मिक, सामाजिक तथा साँस्कृतिक पर्वहरू मनाउने विषयलाई व्यवस्थित र नियमन गरेको विदितै छ,’ प्रशासनले जारी गरेको सूचनामा भनिएको छ, ‘आफ्नो परम्परा एवं सामाजिक रितिरिवाजलाई मौलिक रुपमा संरक्षण र संवद्र्धन गर्नेबाहेक अन्य कुनै पनि खालका तीजसँग सम्बन्धित खर्चिला र भड्किलो कार्यकम सञ्चालन नगर्नु÷नगराउनु हुन हार्दिक अनुरोध छ।’

धमिनी सहकारीका ७ हजार बचतकर्ताको करोडौं रकम जोखिममा Read Previous

धमिनी सहकारीका ७ हजार बचतकर्ताको करोडौं रकम जोखिममा

बाँकेमा यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २७ घाइते Read Next

बाँकेमा यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २७ घाइते