नेपाल आइपुगे ओमानका विदेश मन्त्री

काठमाडौं । ओमानका विदेश मन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज अपराह्न यहाँ आएका छन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरिन् ।

उनी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको निमन्त्रणामा यही भदौ १० र ११ गते नेपाल भ्रमणमा आएका हुन् । भ्रमणका दौरान दुवै देशका विदेश मन्त्रीहरुबीच नेपाल–ओमान सम्बन्धलाई थप प्रगाढ बनाउने र अन्य विविध विषयमा द्विपक्षीय भेटवार्ता तथा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

ओमानका विदेशमन्त्रीले भ्रमणका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टचार भेट गर्नेछन् । उनी भोलि काठमाडौँबाट प्रस्थान गर्ने कार्यतालिका छ ।

नेपालमा सीधा हवाई उडान गर्न म्यानमार सकारात्मक Read Previous

नेपालमा सीधा हवाई उडान गर्न म्यानमार सकारात्मक

अटो महाकुम्भ 'नाडा अटो शो' सुरू, गाडीदेखि बैंकसम्म एकै ठाँउमा Read Next

अटो महाकुम्भ 'नाडा अटो शो' सुरू, गाडीदेखि बैंकसम्म एकै ठाँउमा