काठमाडौं । रष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सांसद हरि ढकालले बोल्दै गर्दै सभामुख देवराज घिमिरेले माइक काटेपछि संसदमा विवाद भएको छ ।
मंगलबार प्रतिनिधि सभाको बैठकको आकस्मिक समयमा बोल्ने क्रममा सांसद ढकालले डेडिकेटेड र ट्रंकलाइन महसुल बारे बोल्न थालेपछि सभामुखले माइक काटेका थिए ।
सभामुखले सांसद ढकाललाई बोल्न रोकपछि रास्वपा, राप्रपासहित विपक्षी दलको नेताहरूले उठेर विरोध जनाए ।
विषय केन्द्रित भएर नबोलेको भन्दै सभामुखले रोकेका थिए। सभामुखले विपक्षी दलका सांसदहरूलाई पटक पटक आसन ग्रहणका लागि आग्रह गरे पनि सांसदहरूले उठेर विरोध जनाएका थिए ।
त्यसपछि सभामुखले ढकाललाई बोल्ने समय दिएपछि बैठक अघि बढेको छ ।