प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् ।

ओलीले संविधानको धारा ७६ (४) बमोजिम विश्वासको मत लिन लागेका हुन् । दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

नेपालको संविधानको धारा ७६ (२) अनुसार नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा एमाले संसदीय दलका नेता ओली चौथो पटक प्रधानमन्त्री भएका हुन् ।

राहुघाट जलविद्युत्को मुख्य सुरुङ निर्माण अन्तिम चरणमा Read Previous

राहुघाट जलविद्युत्को मुख्य सुरुङ निर्माण अन्तिम चरणमा

डलरको भाउ अहिलेसम्मकै उच्च, नेपाललाई फाइदाभन्दा घाटा धेरै Read Next

डलरको भाउ अहिलेसम्मकै उच्च, नेपाललाई फाइदाभन्दा घाटा धेरै