जल सतह बढेपछि सप्तकोशीका ४१ ढोका खोलिए

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित सप्तकोशी ब्यारेज ।

सुनसरी । सप्तकोशी नदीको जलसतह बढ्दै गएको छ । अहिले बिहान ६ बजेसम्म कोशी ब्यारेजमा ३ लाख १६ हजार ८०० क्युसेक पानी मापन गरिएको छ ।

सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोशी ब्यारेजका ४१ वटा ढोका खोलिएका छन् ।

सप्तकोशी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासिन्दालाई सुरक्षित रहन केन्द्रले अनुरोध गरेको छ ।

वर्षासँगै देशका विभिन्न ठाउँमा सडक अवरुद्ध, तराईमा डुबान Read Previous

वर्षासँगै देशका विभिन्न ठाउँमा सडक अवरुद्ध, तराईमा डुबान

मेलम्चीको बाढीले बेलीब्रिज बगाउने खतरा Read Next

मेलम्चीको बाढीले बेलीब्रिज बगाउने खतरा