इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनलको छत खस्यो, कार र ट्याक्सी किचिए

नयाँदिल्ली । भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको छत भत्किँदा ६ जना घाइते भएका छन्।

शुक्रबार बिहान भारी वर्षा भइरहँदा विमानस्थलको टर्मिनल १ तर्फको छत खस्दा ६ जना घाइते भएका हुन्।

टर्मिनलको छत त्यहाँ रहेको ट्याक्सी र कारमाथि खसेको बीबीसीले जनाएको छ । कार र ट्याक्सीमा रहेका केही मानिसहरू घाइते भएका हुन्।

विमानस्थलका प्रवक्ताले भारी वर्षाका कारण बिहान ५ बजे टर्मिनल १ को पुरानो डिपार्चरको बाहिरी भाग खसेको जानकारी दिएका छन् ।

छतलाई अड्याएर राखिएको बिमसमेत भत्किँदा त्यहाँ पिक अप र ड्रप गर्न आएका गाडीहरू समेत दुर्घटना परेका छन् । घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको छ ।

घटनापछि मौसम टर्मिनल १ को सबै उडान रोकिएका छन्। सुरक्षा संवेदनशीलताका कारण चेक इन काउन्टर पनि बन्द गरिएको बताइएको छ । एजेन्सी

काठमाडौंदेखि थाइल्याण्डसम्म बस चलाउने तयारी, अध्ययन गर्न गयो टोली Read Previous

काठमाडौंदेखि थाइल्याण्डसम्म बस चलाउने तयारी, अध्ययन गर्न गयो टोली

माघ १ गतेदेखि घरजग्गा कारोबार गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य Read Next

माघ १ गतेदेखि घरजग्गा कारोबार गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य