महानगरले टुँडिखेल, तीनकुने र हाँडीगाउँमा टी २० विश्वकपको लाइभ देखाउँदै

काठमाडौं । ‘टी टवान्टी विश्वकप’ क्रिकेट खेल हेर्नका लागि काठमाडौं महानगरपालिकाले टुँडिखेल, तीनकुने र हाँडीगाउँमा प्रत्यक्ष प्रदर्शन स्थान तयारी गरेको छ ।

नेपाली समयअनुसार भोलि साँझ सवा नौ बजेदेखि खेल हुनेछ । यो खेल हेर्नका लागि ठूला एलईडी स्क्रीन राखिनेछन् ।

महानगरपालिकाले ओपन डोर्स इन्टरटेनमेन्टको सह आयोजना र खेलकुद मन्त्रालयको सहकार्यमा प्रत्यक्ष प्रसारण गर्ने भएको प्रमुखको सचिवालयका सदस्य नविन भण्डारीले जानकारी दिए ।

यी स्थानहरुमा खेल हेर्न कुनै शुल्क तिर्नु पर्दैन । प्रदर्शन स्थल टुँडिखेलमा साँझ ५ बजेदेखि प्रवेश दिइनेछ ।

टुँडिखेलमा खेलको प्रदर्शन सुरु हुनुअगाडि इन्दिरा जोशी, महेश काफ्ले, रचना रिमाल र भ्योेमाको सांगीतिक प्रस्तुति हुनेछ ।

काठमाडौं महानगरद्धारा असहाय उपचारका लागि ५२ अस्पतालमा ३७४ शय्या सुनिश्चित Read Previous

काठमाडौं महानगरद्धारा असहाय उपचारका लागि ५२ अस्पतालमा ३७४ शय्या सुनिश्चित

सुनको मूल्य तोलामै १७०० रुपैयाँ बढ्यो, बनायो हालसम्मकै महँगोको रेकर्ड Read Next

सुनको मूल्य तोलामै १७०० रुपैयाँ बढ्यो, बनायो हालसम्मकै महँगोको रेकर्ड