जनकपुरधाम । नागरिकता कीर्ते अभियोगमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
बुधबार धनुषा जिल्ला अदालतले सिरोहियालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
प्रहरीले भने जिल्ला सरकारी वकिल कार्यालयमार्फत सिरोहियालाई ५ दिन हिरासतमा राख्न माग गरेको थियो ।
हिजो काठमाडौंमा पक्राउ परेका सिरोहियालाई स्थलमार्ग हुँदै मगलबार राति नै धुनषा लगिएको थियो ।