काठमाडौं । कान्तिपुर पब्लिकेशन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
जिल्ला अदालत धनुषाले उनी विरुद्ध नागरिकता दुरुपयोगको आरोपमा पक्राउ पूर्जी जारी गरेको हो ।
सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषमा वैशाख १६ गते गैरनेपाली नागरिक रहेको र नागरिकताको दुरुपयोग गरिरहेको भन्दै उजुरी परेको थियो ।
आफूविरुद्ध प्रहरीमा जाहेरी परेपछि सिरोहियाले आफूमाथि धरपकड हुन सक्ने भन्दै सर्वोच्च अदालतमा प्रतिषेधको रिट समेत जारी गरेका थिए ।