काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथोपटक विश्वासको मत पाएका पाएका छन् । सोमबार बसेको संघीय संसदको प्रतिनिधि सभाको बैठकले उनलाई विश्वासको मत दिएको हो ।
२७५ सदस्यीय प्रतिनिधि सभामा प्रचण्डलाई १५७ सांसदले विश्वासको मत दिएका छन् । उनको विपक्षमा एकजनाले पनि मत दिएनन् । एक जना तटस्थ बसेका छन् ।
प्रधानमन्त्री दाहाललाई संसदमा रहेका १३ मध्ये ७ दलले विश्वासको मत दिएका हुन् । उनलाई नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, नेपाल जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिएका हुन् ।
नेपाली काँग्रेस, राप्रपा, लोकतान्त्रिक समाजवादी, जनता समाजवादी पार्टी नेपालका सांसदले भने मतदान नै वहिष्कार गरेका थिए ।
प्रधानमन्त्री प्रचण्डले पछिल्लो १७ महिनामा विश्वासको मत लिएको यो चौथो पटक हो । उनले २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका दाहाले पुस २६ गते पहिलो पटक विश्वासको मत लिएका थिए ।
त्यसको एक महिनामै संसदको दोस्रो ठूलो दल नेकपा एमाले सरकारबाट बाहिरिएपछि उनले दोस्रो पटक २०७९ चैत ६ गते दोस्रो पटक विश्वासको मत लिएका थिए ।
२०८० फागुन ३० गते कांग्रेससँगको गठबन्धन तोड्दै एमाले लगायत दलको गठबन्धन सरकार बनाएपछि उनले तेस्रोपटक विश्वासको मत लिएका थिए ।
जनता समाजवादी पाटी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै उनले आज चाैथोपटक विश्वासको मत लिएका हुन् ।