बलत्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ, विश्वकप खेल्ने बाटो खुल्यो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएका छन् । बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गरेको हो ।

उच्चले जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको हो ।

गौशाला २६ (परिवर्तित नाम)ले हालेको मुद्दामा सुनुवाइ गर्दै जिल्ला अदालतले काठमाडौंले गत पुस २५ गते सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय तोकेको थियो ।

साथै, अदालतले लामिछानेलाई ३ लाख रुपैयाँ जरिवाना सुनाएको थियो । उक्त फैसला चित्त नबुझेपछि उनले उच्च अदालतमा पुनरावेदन गरेका थिए ।

अदालतबाट सफाइ पाएसँगै सन्दीपलाई यही महिना सुरु हुने टी-२० विश्वकप क्रिकेट खेल्ने बाटो खुलेको छ । जिल्ला अदालतले दोषी ठर्हयाएपछि नेपाल क्रिकेट संघले उनलाई निलम्बनमा राखेको थियो ।

सोह्रौँ योजना कार्यान्वयन गर्न १११ खर्ब चाहिने Read Previous

सोह्रौँ योजना कार्यान्वयन गर्न १११ खर्ब चाहिने

रुपान्तरणकारी बजेट ल्याउन महासंघको माग, यस्ता छन् सुझावहरू Read Next

रुपान्तरणकारी बजेट ल्याउन महासंघको माग, यस्ता छन् सुझावहरू