दिल्लीका मुख्यमन्त्री केजरीवाललाई जमानतमा रिहा गर्न आदेश, चुनावी प्रचार गर्न पाउने

नयाँदिल्ली । भारतको सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई जमानतमा रिहा गर्न आदेश दिएको छ ।

शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सञ्जीव खन्ना र दीपाङ्कर दत्ताले केजरीवालाई जुन १ तारिखसम्मका लागि जमानतमा रिहा गर्न आदेश दिएका हुन् ।

आदालतले उनलाई हाल जारी राष्ट्रिय निर्वाचनमा प्रचार गर्न पाउने अनुमति समेत दिएको छ । उनलाई भ्रष्टाचारको अनुसन्धानको सिलसिलामा अनुसन्धान गर्द भन्दै गत मार्चमा हिरासतमा लिइएको थियो ।

आपराधिक अनुसन्धानको दायरामा आउने समूहका धेरै नेतामध्ये उनी एक हुन् । उनका एक सहकर्मीले निर्वाचनभन्दा एक महिनाअघि उनको गिरफ्तारीलाई सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) द्वारा रचित ‘राजनीतिक षड्यन्त्र’ का रूपमा वर्णन गरेका छन् ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सञ्जीव खन्ना र दीपाङ्कर दत्ताले केजरीवाल ६ साताको निर्वाचनमा मतदानको अन्तिम दिन जुन १ सम्म हिरासतबाट बाहिर रहन सक्ने बताएका छन् ।

सन् २०२१ मा मदिराको बिक्रीलाई उदार बनाउने र यस क्षेत्रमा आकर्षक सरकारी हिस्सेदारी छाड्ने नीति लागू गर्दा केजरीवालको सरकारमाथि भ्रष्टाचारको आरोप लगाइएको थियो । उक्त नीतिलाई अर्को वर्ष फिर्ता लिइयो तर लाइसेन्सको कथित भ्रष्ट विनियोजमा नतिजाको अनुसन्धानले केजरीवालका दुई शीर्ष सहयोगीहरूलाई कारागार पुर्यायो ।

बारम्बार गलत कामलाई अस्वीकार गर्दै आएका केजरीवालको समर्थनमा उनको गिरफ्तारीपछि भारतभरका अन्य धेरै ठूला सहरमा जुलुस निकालिएको थियो ।

करिब एक दशकसम्म मुख्यमन्त्री रहेका ५५ वर्षीय केजरीवाल पहिलोपटक कट्टर भ्रष्टाचारविरोधी योद्धाका रूपमा कार्यालय आएका थिए । उनले अनुसन्धानको हिस्साका रूपमा सोधपुछका लागि भारतको वित्तीय अपराध ऐजेन्सी प्रवर्तन निर्देशनालयको बोलावट आदेशको विरोध गरेका थिए ।

मोदीका राजनीतिक विरोधीहरू र अन्तर्राष्ट्रिय अधिकार समूहहरूले लामो समयदेखि भारतको सङ्कुचित लोकतान्त्रिक स्थानप्रति चिन्ता व्यक्त गर्दै आएका छन् ।

विपक्षी कांग्रेस पार्टीका सबैभन्दा प्रमुख सदस्य तथा दशर्कौसम्म भारतीय राजनीतिमा वर्चश्व कायम गर्ने वंशका राहुल गान्धीलाई गत वर्ष मोदीको पार्टीका एक सदस्यको उजुरीपछि आपराधिक मानहानिमा दोषी ठहराइएको थियो । उक्त फैसलालाई उच्च अदालतले निलम्बन नगरेसम्म उनको दुई वर्षको कारागार सजायले उनलाई केही समयका लागि संसद्बाट अयोग्य घोषित गरेको थियो ।

केजरीवाल र गान्धी दुवै दुई दर्जनभन्दा धेरै पार्टीबाट बनेको विपक्षी गठबन्धनको सदस्य छन् । उक्त गठबन्धनले संयुक्तरूपमा भारतको निर्वाचनमा प्रतिस्पर्धा गरिरहेको छ ।

पूर्वी नाकाबाट हुने व्यापारमा भारतको एकपछि अर्को तगारो, अर्थतन्त्रमा असर पर्दै Read Previous

पूर्वी नाकाबाट हुने व्यापारमा भारतको एकपछि अर्को तगारो, अर्थतन्त्रमा असर पर्दै

संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नदिने काँग्रेसको अडान Read Next

संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नदिने काँग्रेसको अडान