काठमाडौंबाट शैक्षिक भ्रमणमा गएको बस मुक्तिनाथमा दुर्घटना

काठमाडौं । काठमाडौंको अनामनगरस्थित लिबर्टी कलेजबाट शैक्षिक भ्रमणमा गएको बस मुस्ताङमा दुर्घटना भएको छ ।

मंगलबार बिहान मुक्तिनाथबाट जोमसोम आउँदै गरेको प्रदेश ३-०१-००६ ख ६२२ नम्बरको बस वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ४, सेल्फिडाँडामा सडकमा पल्टिएको हो ।

३३ जना सवार बस दुर्घटना हुँदा २१ जना विद्याथी घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको जोमसोम अस्पतालमा उपचार भइरहेको छ ।

उक्त बस ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

स्लोभाकिया र अमेरिका पठाइदिन्छु भन्दै ८० लाख ठग्ने दुई पक्राउ Read Previous

स्लोभाकिया र अमेरिका पठाइदिन्छु भन्दै ८० लाख ठग्ने दुई पक्राउ

अर्थमन्त्री पुन र विश्व बैंक उपाध्यक्ष रेजर बीच भेट Read Next

अर्थमन्त्री पुन र विश्व बैंक उपाध्यक्ष रेजर बीच भेट