इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार ७७२ मतका साथ विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार नेम्वाङलाई नेपाल परिवार दलको पनि समर्थन थियो ।

एमाले उम्मेदवार नेम्वाङले २७ हजार ७७२ मतका साथ निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताए ।

उनका अनुसार पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू (थेगिम)ले ११ हजार ४५७ मत र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बूले ५ हजार ५० मत प्राप्त गरेका छन् । मङ्गोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बूले ८१६ मत प्राप्त गरे ।

एक लाख १५ हजार ८८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार २८७ जनाले मतदान गरेका थिए । यो निर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा थिए ।

४ परियोजनाका लागि ९ अर्ब १३ करोड लगानी स्वीकृत Read Previous

४ परियोजनाका लागि ९ अर्ब १३ करोड लगानी स्वीकृत

रेमिट्यान्सको पैसा हाइड्रोमा लगाउने नीति, दुई आयोजनामा २९% सेयर लगानी गरिँदै Read Next

रेमिट्यान्सको पैसा हाइड्रोमा लगाउने नीति, दुई आयोजनामा २९% सेयर लगानी गरिँदै