भोजपुरमा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, १२ गम्भीर घाइते

खोटाङ । भोजपुरको आमचोक गाउँपालिका-८ पारकुवामा बोलेरो जीप दुर्घटना भएको छ ।

सोमबार बिहान साढे ९ बजेतिर को १ ज २६१७ नम्बरको बोलेरो सडकबाट दूधकोसी नदीको किनारमा खसेको हाे ।

दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य १२ जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा आमचोक गाउँपालिका-१० पाङ्चाकी २५ वर्षीया रूना राईको घटनास्थलमै मृत्यु भएको हो ।

घाइतेलाई उपचारका लागि धरानस्थित बीपी कोइराला मेमोरियल अस्प्तालमा पठाइएको छ ।

चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन दुई वटा समझदारी Read Previous

चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन दुई वटा समझदारी

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौं : अर्थमन्त्री Read Next

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौं : अर्थमन्त्री