इन्द्रचोकबाट १७६८ ग्राम सुन र १.४३ करोड बढी रकमसहित सात जना पक्राउ

काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले १ किलो ७६८ ग्राम सुन तथा रु १ करोड ४३ लाख ६० हजार नगदसहित सात जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा दार्चुला महाकाली नगरपालिका–३ टाँटे बस्ने ४७ वर्षीय गणेशदत्त बडू र आयुष बडू, झापा बिर्तामोडका दिनेश खरेल र भरतराज खरेल तथा भारत महाराष्ट्रका अमोल बिभुते, ऋषिकेशप्रकाश बिभुते र गणेशसतिश बाल्टे रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

बिहीबार साँझ काठमाडौँको इन्द्रचोकबाट पक्राउ परेका उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

नेपाल र चीन बीच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर Read Previous

नेपाल र चीन बीच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर

प्रधानमन्त्री र एडीबीका उपाध्यक्ष बीच भेट, एडीबीले रणनीतिक आयोजनामा लगानी गर्ने Read Next

प्रधानमन्त्री र एडीबीका उपाध्यक्ष बीच भेट, एडीबीले रणनीतिक आयोजनामा लगानी गर्ने