कतारी राजा आउँदा आज यी रुटमा सवारी चलाउन नपाइने

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज दुईदिने नेपाल भ्रमणमा आउँदै छन् ।

एकीन समय नतोकिए पनि उनी दिउँसाे साढे ३ बजेदेखि ४ बजेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने बताइएको छ । उनी आउने समय आधा घण्टा विमानस्थल बन्द गरिने भएको छ ।

उनी विमानस्थलबाट सिधै शितल निवास जानेछन् । राष्ट्रपतिसँग भेटवार्तापछि उनी सोल्टीमोडस्थित पाँचतारे सोल्टी होटलमा जाने छन् । सोक्रममा विमानस्थलदेखि शितल निवास र शितल निवासदेखि सोल्डीमोडसम्मको सडक खाली गराइने छ ।

ट्राफिक प्रहरीका अनुसार कतारी राजाको सवारीको बेला सिनामंगल, गौशला हुँदै महाराजगञ्जसम्मको सडकमा सवारी चलाउन रोक लगाइने छ । त्यस्तै, शितल निवासबाट सोल्टी जाँदा शितल निवास, लाजिम्पाट, जमल, त्रिपुरेश्वर कालिमाटी हुँदै सोल्टीमोडसम्मको सडकमा सवारी चलाउन रोक लगाइने छ । सो बेला सवारीसाधन करिडोरहरूमा डाइभर्ट गरिने छ ।

उनको सुरक्षको लागि सरकारले नेपाली सेनाको नेतृत्वमा अति विशिष्ट स्तरको सुरक्षाकर्मीको टोली खटाएको छ । साथै, कतारबाट पनि १०० बढी सुरक्षाकर्मी आएका छन् ।

उनको भ्रमणको उपलक्ष्यमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ । उनको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि तीनकुने, नयाँ बानेश्वर, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, कालीमाटी, जमल, लैनचौर, त्रिपुरेश्वर लगायत क्षेत्रमा स्वागतद्वारसहित सडक चिटिक्क बनाइएको छ ।

उनी भोलि स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

पोखरामा विद्युतीय तार भूमिगतको ठेक्का अवधि सकियो, प्रगति निराशाजनक Read Previous

पोखरामा विद्युतीय तार भूमिगतको ठेक्का अवधि सकियो, प्रगति निराशाजनक

विकास र समृद्धिका लागि निजी क्षेत्रलाई नियन्त्रण नभइ सहजीकरण गर्नुपर्छ : प्रधानमन्त्री Read Next

विकास र समृद्धिका लागि निजी क्षेत्रलाई नियन्त्रण नभइ सहजीकरण गर्नुपर्छ : प्रधानमन्त्री