काठमाडौं । काठमाडौं विश्वमै दोस्रो प्रदूषित सहर बनेको छ । एअर कण्डिशन इन्डेक्स (एक्यूआइ) जारी गरेको पछिल्लो प्रदूषण सूचाकांक रिपार्टले काठमाडौं विश्वमै दोस्रो प्रदूषित सहरमा परेको देखाएको हो ।
सोमबार बिहान १२ः५४ बजेको रेकर्ड अनुसार काठमाडौंको अति सूक्ष्म कण अर्थात् पार्टीकुलेट म्याटर (पीएम) को रेटिङ १६४ रहेको छ ।
सूचीको पहिलो नम्बरमा थाइल्यान्डको च्याङमाई रहेको त्यसको १७६ एक्यूआइ छ । बंगलादेशको ढाका १५६ एक्यूआइसहित तेस्रोमा रहेको छ ।
सामान्यत एक्यूआई ५० भन्दा कम हुनुलाई राम्रो वायु मानिन्छ । २०० भन्दा धेरै एक्यूआइ भएमा हानिकारक र ३०० भन्दा बढी भएमा अति हानिकारक मानिन्छ ।
वायु प्रदूषणका कारण आँखा रातो हुने, घाँटीमा समस्या आउने र टाउको दुख्ने जस्ता समस्या आउने गर्दछन् । नेपालमा बर्सेनि वायु प्रदूषणका कारण उत्पन्न हुने रोगका कारणले ३० देखि ३५ हजार मानिसको ज्यान जाने गरेको छ ।
यस्तो समयमा बालबालिका, गर्भवती महिला, दीर्घरोगी, ज्येष्ठ नागरिकको विशेष ख्याल गर्नुपर्दछ ।वायु प्रदूषणका कारणले घरबाहिरको खुला ठाउँमा नबस्न, नखेल्न र मर्निङ वाकमा घरबाहिर जाने गरेको भए पनि नजानसमेत विज्ञहरूले अग्रह गरेका छन् ।