आयरल्यान्ड वुल्भ्सको नेपाल भ्रमण क्रिकेट प्रतियोगिता एक्सन स्पोर्टसमा

काठमाडौं । टेष्ट राष्ट्र आयरल्याण्डको ‘ए’ टोली (आयरल्यान्ड वुल्भ्स) र नेपाल बीच हुने क्रिकेट प्रतियोगिताका खेलाहरू डिशहोमको एक्सन स्पोर्टस् च्यानलले प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।

डिशहोम र क्यानको सम्झौता अनुसार आयरल्यान्ड वुल्भ्सले नेपालमा खेल्ने ८ खेल एक्सन स्पोर्टस्ले प्रत्यक्ष प्रशारण गर्ने छ । नेपाल को राष्ट्रिय टोली गुजरात र बडोदासँग टी-२० त्रिकोणात्मक सिरिजका लागि भारत जानुअघि पाहुना टोली आयरल्यान्ड वुल्भ्ससँग चैत १२ र र १३ गते टी २० क्रिकेट खेल्ने कार्यक्रम रहेको छ ।

त्यसपछि आयरल्यान्ड वुल्भ्सले नेपाल ए विरुद्ध तीन खेलको टी-२० सिरिज र त्यसपछि तीन खेलको एकदिवसीय शृंखला खेल्ने तालिका रहेको छ । त्यसपछि ए टिमसँग टी २० चैत १५ गते, चैत १६ गते र चैत १८ गते गरी तीन वटा म्याच खेल्ने छ ।

यस्तै, तीन वटा एक दिवसीय खेलहरू भने चैत २१, २३ र २५ गते हुने छन् । प्रतियोगिताका सबै खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने छन् ।

सुनकोशी मरिणको सुरुङमा आशा जगाउने प्रगति, १२ किमी खनियो, डेढ महिनाभित्रै 'ब्रेक थ्रु' Read Previous

सुनकोशी मरिणको सुरुङमा आशा जगाउने प्रगति, १२ किमी खनियो, डेढ महिनाभित्रै 'ब्रेक थ्रु'

ग्लोबल आइएमईका १११ शाखाले एकैसाथ आयोजना गरे वित्तीय साक्षरता कार्यक्रम Read Next

ग्लोबल आइएमईका १११ शाखाले एकैसाथ आयोजना गरे वित्तीय साक्षरता कार्यक्रम