कालापत्थरमा ‘फेशन शो’ आयोजना हुने

काठमाडौं । विश्वकै सर्वोच्च शिखर सगरमाथाको आधार शिविर काला पत्थरमा ‘माउण्ट एभरेष्ट फेसन रनवे’ शो आयोजना हुने भएको छ।

 

कासा नामक संस्थाको आयोजना र आरबी ज्वेलर्सको सहकार्यमा जनवरी २५ मा उक्त शो आयोजना गर्न लागेको हो । उक्त शोमा नेपाली मौलिक फाइबरले बनेका लुगा तथा पत्थरका गहना प्रदर्शनिमा राखिने आयोजकले जनाएको छ ।

 

साथै उक्त शोमा १५ अन्तर्राष्ट्रिय र ५ नेपाली मोडलहरुले आफ्नो प्रतुती दिने आयोजकले जनाएको छ। २० मोडलसहित ५० जानाको क्रु मेम्बर लुक्लाबाट पैदल यात्राबाट काला पत्थर पुगेर आफ्नो प्रस्तुती दिने छन्।

 

उक्त शोले भ्रमण वर्ष २०२० लाई समेत सहयोग पुर्याउने आयोजकले विश्वास लिएको छ ।

उर्जा मन्त्रालय मातहतका राष्ट्रिय गौरवका ७ आयोजनाको प्रगति सन्तोषजनक Read Previous

उर्जा मन्त्रालय मातहतका राष्ट्रिय गौरवका ७ आयोजनाको प्रगति सन्तोषजनक

बाँदर नियन्त्रण गर्न बजेट विनियोजन Read Next

बाँदर नियन्त्रण गर्न बजेट विनियोजन