राष्ट्रियसभाको अध्यक्षमा दाहाल र शर्माको उम्मेदवारी

काठमाडौं । राष्ट्रियसभाको अध्यक्ष पदका लागि सत्तागठबन्धन र विपक्षी दलका तर्फबाट आज उम्मेदवारी दर्ता भएको छ ।

सङ्घीय संसद् भवन नयाँबानेश्वरमा जारी निर्वाचन प्रक्रियाअन्तर्गत सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का सांसद नारायण दाहाल र विपक्षी दलका तर्फबाट नेपाली कांग्रेसका सांसद युवराज शर्माले उम्मेदवारी दर्ता गराएको हो ।

दाहालको प्रस्तावकमा सोही पार्टीका सांसद गोपीबहादुर अछामी र समर्थकमा नेकपा (एमाले) का सांसद देवेन्द्र दाहाल, नेकपा (एकीकृत समाजवादी) का सांसद बेदुराम भुसाल र जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिद रहेका छन् ।

उम्मेदवार शर्माको प्रस्तावकमा नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुङ्गाना र समर्थकमा कांग्रेसकै सांसद किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका किशोरकुमार सिंह रहेका छन् । यही फागुन २९ गते हुने सो निर्वाचनका लागि आज दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम निर्धारण गरिएको छ ।

तत्कालीन अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल यही फागुन २० गते सकिएको थियो ।

ग्लोबल आइएमई बैंकद्धारा क्यालेन्डर सार्वजनिक Read Previous

ग्लोबल आइएमई बैंकद्धारा क्यालेन्डर सार्वजनिक

युरोपमा फस्टाउँदै भारतको व्यापार, गर्‍यो १०० अर्ब डलरको स्वतन्त्र व्यापार सम्झौता Read Next

युरोपमा फस्टाउँदै भारतको व्यापार, गर्‍यो १०० अर्ब डलरको स्वतन्त्र व्यापार सम्झौता