अमेरिका लैजाने भन्दै ११ भारतीयलाई काठमाडौंमा बन्धक, रातोपुलबाट उद्धार

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको प्रहरी टोलीले अमेरिका लैजाने भन्दै काठमाडौँमा ल्याएर बन्धक बनाइएका ११ जना भारतीय नागरिकको उद्धार गरेको छ ।

परिसरबाट खटिएको प्रहरीको विशेष टोलीले उनीहरूलाई गए राति काठमाडौँको रातोपुल क्षेत्रबाट उद्धार गरेको जिल्ला प्रहरी परिसरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए ।

उनले भने, ‘हाम्रो परिसरको टोलीले अमेरिका लैजाने भन्दै काठमाडौँमा ल्याएर बन्धक बनाइएका भारतीय नागरिकको उद्धार गरेको छ, विस्तृत विवरण आज सार्वजनिक गरिने छ ।’

काठमाडौंका स्वास्थ्य संस्थाले अब अनलाइनबाट मासिक प्रतिवेदन बुझाउनु पर्ने Read Previous

काठमाडौंका स्वास्थ्य संस्थाले अब अनलाइनबाट मासिक प्रतिवेदन बुझाउनु पर्ने

अर्थ मन्त्रालयले बजेट सुनिश्चित गरेपछि कालोपत्र हुँदै मध्यपहाडी लोकमार्ग Read Next

अर्थ मन्त्रालयले बजेट सुनिश्चित गरेपछि कालोपत्र हुँदै मध्यपहाडी लोकमार्ग