अब बूढानीलकण्ठ क्षेत्रमा पनि उपत्यका प्रहरीले प्रत्यक्ष निगरानी गर्ने

काठमाडौं ।  काठमाडौँको बूढानिलकण्ठ क्षेत्रमा पनि अब उपत्यका प्रहरीले प्रत्यक्ष निगरानी सुरु गरेको छ ।

प्रविधिमैत्री प्रहरीको अवधारणाबमोजिम बूढानीलकण्ठका विभिन्न क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारित १८१ वटा सीसी क्यामरा जडान भएसँगै अब सो क्षेत्रका गतिविधि उपत्यका प्रहरीको नियन्त्रण कक्षबाट प्रत्यक्षरुपमा निगरानी हुन लागेको हो ।

‘सुरक्षित काठमाडौँ उपत्यका स् हाम्रो प्रतिबद्धता’ भन्ने अभियानलाई साकार पार्न काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र बूढानीलकण्ठ नगरपालिकाको संयुक्त प्रयासमा सीसी क्यामरा जडान भइ आज उद्घाटन  गरिएको हो ।

गत वैशाख १२ गते रु ५ करोडमा सम्झौता भइ सीसी क्यामरा जडान शुरु भएको थियो । जडान सम्पन्न भएसँगै आजदेखि उपत्यका प्रहरीले सो क्षेत्रको निगरानी सुरु गरिसकेको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापा र बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले संयुक्तरुपमा सिसी क्यामराको उद्घाटन गरे ।

सुरक्षित काठमाडौं योजनाअन्तर्गत बूढानीलकण्ठ रुट, मानबहादुर मार्ग–चुनिखेल रुट र कपन रुटका ७९ स्थानमा सात पिटीजेडसहित एक सय ७४ स्थायी सीसी क्यामरा गरी जम्मा १८१ थान आर्टिफिसिएल इन्टेलिजेन्स (एआई)मा आधारित सीसी क्यामरा जडान गरिएको प्रवक्ता मैनालीले बताए ।

त्यस अवसरमा बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले बूढानीलकण्ठ क्षेत्रमा शान्ति, सुरक्षा कायम गर्न र अपराध नियन्त्रण गर्न काठमाडौँ उपत्यका प्रहरी कार्यालयसँग हातेमालो गर्दै जाने बताए । प्रथम चरणमा सीसीटिभी जडान सकिएको र अब पुनः दोस्रो चरणमा समेत सहयोग उपलब्ध गराइने उनले जानकारी गराए ।

 

 

विश्व अर्थतन्त्र सकारात्मक दिशामा फर्कियाे, अझै जोखिम भने कायमै : आइएमएफ Read Previous

विश्व अर्थतन्त्र सकारात्मक दिशामा फर्कियाे, अझै जोखिम भने कायमै : आइएमएफ

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफामा छलाङ, रिटेन्ड अर्निङमा झन्डै डेढ अर्ब Read Next

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफामा छलाङ, रिटेन्ड अर्निङमा झन्डै डेढ अर्ब