मिर्गौला प्रत्यारोपणमा ऐतिहासिक सफलता, १ हजार २०० अप्रेशन सफल

भक्तपुर । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले ११ वर्ष अवधिमा १ हजार २०० वटा सफल मिर्गौला प्रत्यारोपण गरी इतिहास रच्न सफल भएको छ ।

बिहीबार ३९ वर्षीय श्रीमान्लाई उनकै ३४ वर्षीया श्रीमतीको दिएको मिर्गौलादानसँगै प्रत्यारोपणमा १ हजार २०० वटा पुर्याउन सफल भएको केन्द्रका कार्यकारी निर्देशक तथा कलेजो तथा मिर्गौला प्रत्यारोपणविद् डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘नेपालको अङ्ग प्रत्यारोपणमा ८० प्रतिशत हिस्सा ओगट्दै आएको केन्द्रले आफ्नो स्थापनाको ११ वर्षमा १ हजार२०० वटा मिर्गौला र १८ जनाको कलेजो प्रत्यारोपण गरेको छ । प्रत्यारोपणमा केन्द्रले ९९ प्रतिशत सफलता हासिल गर्दै आएको छ । केन्द्रले २०८० मा मात्र १० जनाको कलेजो प्रत्यारोण सम्पन्न गरेको छ । आगामी साता थप दुई जनाको कलेजो प्रत्यारोपण गर्ने तयारी पूरा गरेका छौँ ।’

नेपालमै पहिलोपटक कलेजो प्रत्यारोपण, मस्तिष्क मृत्यु भएको व्यक्तिबाट मिर्गौला तथा कलेजो प्रत्यारोपण गरेको केन्द्रले देशको सातवटै प्रदेशमा प्रत्यारोपण तथा डायलाइसिस सेवा विस्तार गर्ने नेपाल सरकारको योजनामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उनले बताए ।

माघ २५ देखि क्यान इन्फोटेक आयोजना हुँदै Read Previous

माघ २५ देखि क्यान इन्फोटेक आयोजना हुँदै

घरेलु फोहर पुनः वर्गीकरण गरेर मात्रै अन्तिम व्यवस्थापन गर्दै काठमाडौं महानगर Read Next

घरेलु फोहर पुनः वर्गीकरण गरेर मात्रै अन्तिम व्यवस्थापन गर्दै काठमाडौं महानगर