सदनको अधिवेशन माघ २२ गते बोलाइयो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही माघ २२ गते सोमबार अन्तरराष्ट्रिय सम्मेलन केन्द्र नयाँ वानेश्वरमा सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।

राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उक्त दिन ४ बजे सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

मन्त्रिपरिषद्ले सदनको बैठकका निम्ति यही माघ ९ गते राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

उदयपुर सिमेन्टका तत्कालीन महाप्रबन्धक सहित ८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर Read Previous

उदयपुर सिमेन्टका तत्कालीन महाप्रबन्धक सहित ८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

चीनले १ वर्षमा सिर्जना गर्‍यो १ करोड २० लाख बढी रोजगारी Read Next

चीनले १ वर्षमा सिर्जना गर्‍यो १ करोड २० लाख बढी रोजगारी