पालिकाबाटै राहदानी सेवा सुरू

सिरहा । सिरहाको मिर्चैया नगरपालिकाले बुधबारदेखि स्थानीयस्तरबाटै राहदानी (पासपोर्ट) वितरण सेवा सुरु गरेको छ । नगरप्रमुख श्रवणकुमार यादवले मिर्चैया-६ की शर्मिलाकुमारी घिमिरेलाई राहदानी हस्तान्तरण गर्दै सेवा सुरु गरेका हुन् ।

‘अब पालिकावासी राहदानीका लागि सदरमुकाम सिरहास्थित जिल्ला प्रशासन कार्यालय पटक-पटक धाउनुपर्ने बाध्यता हटेको छ,’ नगरप्रमुख यादवले भने, ‘आगामी दिनमा यसलाई अझै प्रभावकारी र चुस्त बनाउने छौँ ।’

उनका अनुसार बायोमेट्रिकबाहेक आवेदनलगायतका सम्पूर्ण काम पालिकाबाटै हुने भएको छ । स्थानीयस्तरबाट राहदानी पाउने भएपछि स्थानीय खुसी भएका छन् । रासस

स्वास्थ्य बीमाको टिकट शुल्क घट्यो, माघ ८ देखि लागू हुने Read Previous

स्वास्थ्य बीमाको टिकट शुल्क घट्यो, माघ ८ देखि लागू हुने

कोइला किन्न नसकेर हेटौँडा सिमेन्ट ३ महिनादेखि बन्द, माघ तेस्रो सातादेखि संचालन गर्ने योजना Read Next

कोइला किन्न नसकेर हेटौँडा सिमेन्ट ३ महिनादेखि बन्द, माघ तेस्रो सातादेखि संचालन गर्ने योजना