काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष जेल सजाय तोकिएको छ । बुधबार काठमाडौं जिल्ला अदालतले उनलाई ८ वर्षको कैद सजाय तोकेको हो ।
जिल्ला न्यायाधीश शिशिर ढकालको इजलासले बलात्कार मुद्दामा लामिछानेलाई ८ वर्ष जेल सजाय सुनाएका हुन् ।
साथै, अदालतले लामिछानेलाई ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएको छ ।
जिल्ला अदालत काठमाडौंले गत पुस १३ गते बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गरेको थियो । सो मुद्दाको सजाय आज सुनाएको हो ।
आफूलाई बलत्कार गरेको भन्दै गौशला २६ (नाम परिवर्तित)ले २१ भदौ २०७९ मा प्रहरीमा जाहेरी दिएकी थिइन् ।