भारतलाई हराउँदै अष्ट्रेलियाले जित्यो विश्वकपको उपाधि

काठमाडौं । अष्ट्रेलियाले आइसिसी एकदिवसीय क्रिकेट विश्वकप–२०२३ को उपाधि जितेको छ । आइतबार भारतको अहमदाबादमा भएको फाइनलमा भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले विश्वकपको उपाधि चुमेको हो ।

अष्ट्रेलिया योसँगै छैटौँ पटक विश्वविजेता बनेको हो । अष्ट्रेलियाले यसअघि सन् १९८७, सन् १९९९, सन् २००३, सन् २००७ र सन् २०१५ मा उपाधि चुमेको थियो ।

पहिला ब्याटिङ गरेको भारतले प्रस्तुत गरेको २४१ रनको लक्ष्य अष्ट्रेलियाले ४ विकेटको क्षतिमा ४३ ओभरमा पूरा गर्‍यो । अष्ट्रेलियाको जीतमा ट्राभिस हेडले १३७ रनको शतकीय पारी खेले । उनलाई मार्नुस लबुसेनले साथ दिए । लबुसेनले अविजित ५८ रन बनाए ।

साथै मिचेल मार्सले १५ र डिभेड वार्नरले सात, स्टेभन स्मिथले चार र ग्लेन म्याक्सवेलले अविजित दुई रन बनाए । भारतका लागि जसप्रित बुमराहले दुई र मोहम्मद शामी र मोहम्मद सिराजले एक÷एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २४० रन बनाएको छ । उसका लागि विकेटकिपर केएल राहुलले १०७ बलमा ६६ रन बनाए । साथै विराट कोहलीले ५४ र कप्तान रोहित शर्माले ४७ रन बनाए । साथै सूर्यकुमार यादवले १८, कुलदीप यादवले १०, रविन्द्र जडेजा र मोहम्मद सिराजले ९/९ रन बनाए भने अन्य ब्याटरले उल्लेखनीय योगदान गर्न सकेनन् ।

अष्ट्रेलियाका लागि मिचेल स्टार्कले तीन विकेट लिए भने जोस हेजलउड र प्याट कुमिन्सले दुई/दुई विकेट लिए । साथै ग्लेन म्याक्सवेल र अदाम जाम्पाले एकरएक विकेट लिए ।

हिमालयन रि-इन्स्योरेन्सकाे आइपीओ खुल्यो, ३ लाख कित्तासम्म भर्न पाउने Read Previous

हिमालयन रि-इन्स्योरेन्सकाे आइपीओ खुल्यो, ३ लाख कित्तासम्म भर्न पाउने

राष्ट्रिय आर्थिक बहसका लागि महासंघले माग्यो सुझाव Read Next

राष्ट्रिय आर्थिक बहसका लागि महासंघले माग्यो सुझाव