१० वर्षपछि नेपाल टी-२० विश्वकपमा छनोट, यूएई ८ विकेटले पराजित

काठमाडौं । नेपाल १० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ । शुक्रबार काठमाडौंको मूलपानीमा भएको विश्वकप छनोट अन्तर्गतको सेमिफाइनल खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई ८ विकेटले हराउँदै  आगामी वर्ष हुने टी–२० विश्वकपमा छनोट भएको हो ।

नेपालले यसअघि पहिलाेपटक सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो । टस जितेर पहिला ब्याटिङ गरेको यूएईले निर्धारित २० ओवरमा ९ विकेको क्षतिमा १३४ रन बनाएको थियो । जबाफी ब्याटिङमा आएको नेपालले १७ बल बाँकी छँदै २ विकेटको क्षतिमा उक्त लक्ष्य भेट्टाएको हो ।

नेपालका लागि आशिफ शेखले सर्वाधिक ६३ रन बनाए । उनले ५० बलको खेल्दै ६ चौका र २ छक्का हिर्काए । त्यस्तै, कप्तान रोहित पौडेलले ३५, गुल्सन झाले २२ र ओपनर कुशल भुर्तेलले ११ रन जोडे ।

पहिले ब्याटिङ गरेको यूएईलाई न्यू स्कोरमा रोक्न नेपालका कुशल मल्लले महत्वपूर्ण ३ विकेट लिएका थिए । ३ ओभर बलिङ गरेका उनले ११ रन खर्चेर ३ विकेट लिएका थिए । त्यस्तै सन्दीप लामिछानेले २, सोमपाल कामी र रोहित पौडेलले १÷१ विकेट लिए ।

विमानस्थलमा कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बन Read Previous

विमानस्थलमा कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बन

नीति निर्माणमा सहकार्य गर्न राष्ट्र बैंक र महासंघबीच समझदारी Read Next

नीति निर्माणमा सहकार्य गर्न राष्ट्र बैंक र महासंघबीच समझदारी