इजरायलमा १० नेपालीको मृत्युमा मंगलबार राष्ट्रिय शोक*, मृतकका परिवारलाई १० लाख राहत

फाइल तस्वीर ।

काठमाडौं । इजरायलमा मृत्यु भएका १० नेपालीको सम्मानमा सरकारले मंगलबार राष्ट्रिय शोक घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शिघ्र स्वास्थलाभको कामना समेत गरेको छ । शनिबार प्यालेस्टाइनको विद्रोही समूह हमासले इजरायलमा गरेको आक्रमणमा नेपालबाट पढ्न गएका १० जना विद्यार्थीको मृत्यु भएको थियो ।

सरकारकी प्रवक्ता सूचना तथा सञ्‍चार प्रविधि मन्त्री रेखा शर्माले इजरायलमा रहेका नेपालीहरूलाई सरकारले स्वदेश ल्याउने पनि निर्णय भएको जानकारी दिइन् ।

यस्तै, मन्त्रिपरिषद बैठकले मृतकका परिवारलाई जनही १०/१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

*यसअघि अन्यथा भएकाले सच्याइएको छ । सम्पादक

हरेक पसलमा अनिवार्य मूल्यसूची र बील जारी गर्ने व्यवस्था गर्न निर्देशन Read Previous

हरेक पसलमा अनिवार्य मूल्यसूची र बील जारी गर्ने व्यवस्था गर्न निर्देशन

चिरख्वा हाइड्रोपावरको आइपीओ खुल्यो, १ लाख कित्तासम्म भर्न पाइने Read Next

चिरख्वा हाइड्रोपावरको आइपीओ खुल्यो, १ लाख कित्तासम्म भर्न पाइने