कांग्रेस केन्द्रीय कार्यसमिति सदस्यमा आठजना मनोनित

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमिति सदस्यमा आठ जना मनोनित गरेको छ ।

कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम आज आठ जनालाई केन्द्रीय कार्यसमिति सदस्य पदमा मनोनयन गरेका हुन् ।

मनोनित हुनेमा मानबहादुर विश्वकर्मा (अर्घाखाँची), अर्जुनप्रसाद जोशी (पर्वत), डा चन्द्रकान्त भण्डारी (गुल्मी), शिवप्रसाद हुमागाई (काभ्रेपलाञ्चोक), किरणराज शर्मा पौडेल (बाग्लुङ), भरतकुमार शाह (रुपन्देही), शारदा पौडेल (कास्की) र अनिलकुमार रुंगटा (पर्सा) रहेका छन् ।

वित्तीय क्षेत्र सुधारको कार्ययोजना दुई हप्ताभित्र पेश गर्न निर्देशन Read Previous

वित्तीय क्षेत्र सुधारको कार्ययोजना दुई हप्ताभित्र पेश गर्न निर्देशन

वातावरण सुधार हुँदै गएकाले नेपालमा लगानीको प्रचुर सम्भावना छ : अध्यक्ष ढकाल Read Next

वातावरण सुधार हुँदै गएकाले नेपालमा लगानीको प्रचुर सम्भावना छ : अध्यक्ष ढकाल