जाम नेपालको अध्यक्षमा सागर गजुरेल चयन

काठमाडौं । जर्नालिष्ट एसोसिएसन अफ अटोमोबाइल्स मोबिलिटी (जाम नेपाल)को अध्यक्षमा सागर गजुरेल चयन भएका छन् ।

बिहीबार काठमाडौंमा सम्पन्न जामको दोस्रो साधारणसभाले गजुरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

एक दशक भन्दा बढी अटोमोबाइल्स क्षेत्रमा रहेर कलम चलाउँदै आएका गजुरेल मेरोअटो डटकममा आबद्ध छन् ।

यसैगरी, जामको उपाध्यक्षमा आर्थिक आवाज डटकमका सुरेन्द्र पौडल र महासचिवमा अटोमोबाइल म्यागेजिनका तोयानाथ पौडेल चयन भएका छन् ।

जामको सचिवमा रातोपाटी डटकमका प्रयास श्रेष्ठ र कोषाध्यक्षमा नेपाल खबर डटकमका वसन्त अर्याल चयन भएका छन् ।

जामको कार्यसमिति सदस्यहरुमा अटो नेपाल म्यागेजिनका रोशन श्रेष्ठ, चाणक्य पोष्ट डटकमका उज्वल घिमिरे, मेरो लगानी डटकमका युवराज बस्नेत, नेपाल ड्राइभ डटकमका सौरभ नेपाल, क्यापिटल नेपाल डटकमका सुधिर भण्डारी, बिजमाण्डु डटकमका शुक्र गिरी र क्लिकमाण्डु डटकमका आरिश्मा मोक्तान चयन भएका छन् ।

निवर्तमान अध्यक्षसहित जाम नेपालको कुल १३ सदस्यीय पदाधिकारी सर्वसम्मत निर्वाचित भएका हुन् । नवनियुक्त कार्यसमितिको पदावधि दुई वर्षको हुनेछ । यसअघिको जाम नेपालको अध्यक्षमा उज्ज्वल जंग शाह रहेका थिए ।

एउटा हात्ती पाल्न मासिक २ लाख  खर्च, पर्यटक नहुँदा सौराहामा हात्ती सफारी सङ्कटमा Read Previous

एउटा हात्ती पाल्न मासिक २ लाख खर्च, पर्यटक नहुँदा सौराहामा हात्ती सफारी सङ्कटमा

अब मोबाइलबाटै टुरिष्ट बसको टिकट काट्न सकिने Read Next

अब मोबाइलबाटै टुरिष्ट बसको टिकट काट्न सकिने