धादिङको गल्छीमा यात्रुबाहक बस पल्टियो

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छीमा भारतीय यात्रुवाहक बस दुर्घटना भएको छ ।

काठमाडौंबाट भारतको राजस्थान जाँदै गरेको एआर ०६ ई ७०३१ नम्बरको भारतीय यात्रुवाहक बस गल्छी गाउँपालिका–७ को गल्छी मोडमा अनियन्त्रित भएर सडकमै पल्टिएको हो ।

दुर्घटनामा अन्दाजी १३र१४ वर्षीया किशोरीको मृत्यु भएको छ । उनको परिचय भने खुलेको छैन ।

यस्तै, दुर्घटनामा ३० यात्रु घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उद्धार गरी थप उपचारका लागि काठमाडौं पठाइएको छ । घाइतेमध्ये १९ जनाको अवस्था सिकिस्त रहेको बताइएको छ ।

राजमार्गमै पल्टिएको बसलाई छेउलगाएपछि अबरुद्ध भएको सडक अहिले नियमित भएको छ ।

युक्रेनको पुननिर्माणका लागि ६० अर्ब युरो सहयोगको प्रतिबद्धता Read Previous

युक्रेनको पुननिर्माणका लागि ६० अर्ब युरो सहयोगको प्रतिबद्धता

पछाडि परेका प्रदेशलाई  बजेट विनियोजनमा विशेष प्राथमिकता : प्रधानमन्त्री दाहाल Read Next

पछाडि परेका प्रदेशलाई बजेट विनियोजनमा विशेष प्राथमिकता : प्रधानमन्त्री दाहाल