काठमाडौं । पूर्वबैंकर अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । । बिहीबार रास्वपाको वार्षिकोत्सवको अवसरमा बालाजुस्थित पार्टीको नयाँ केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच उनी रास्वपा प्रवेश गरेका हुन् ।
उनलाई पार्टीको प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । पार्टी सभापति लामिछानेले शाहलाई दलको लोगो लगाएर जिम्मेवारी प्रदान गरेका थिए।
३ दशक बढी बैंकिङ क्षेत्रमा काम गरेका शाह नबिल बैंक, मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत भइसकेका छन्। त्यस्तै, स्टान्डर्ड चार्टर्ड बैंकमा समेत काम गरेका उनले इसिमोडमा समेत वित्तीय विश्लेषकका रूपमा काम गरेका थिए ।