पशुपतिमा थप चार विद्युतीय शवदाह गृह निर्माण गरिने

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले थप चार वटा विद्युतीय शवदाह गृह निर्माण गर्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयमा आइतबार सम्पन्न कोष सञ्चालक परिषद्को बैठकले पशुपति क्षेत्रमा दाहसंस्कारका लागि थप चार वटा विद्युतीय शवदाह गृह निर्माण गर्ने निर्णय गरेको हो ।

विद्युतीय शवदाह गृहमा लाम लाग्न थालेपछि कोष सञ्चालक परिषद्ले यस्तो निर्णय गरेको हो । निर्माण भएपछि सबै विद्युतीय शवदाह गृहमा निःशुल्क गर्ने निर्णय भएको कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले राससलाई जानकारी दिए ।

पशुपति क्षेत्रमा अहिले दुई वटा विद्युतीय शवदाहगृह रहेकामा एउटाको यन्त्र बिग्रिएर थन्किएको र हाल एउटा मात्र सञ्चालनमा छ । कोष सञ्चालक परिषद्ले त्यसै स्थानमा थप चारवटा विद्युतीय शवदाह गृह निर्माण गर्न लागेको हो ।

थप चारवटा विद्युतीय शवदाह गृह निर्माण सकिएसँगै कोषले शव निःशुल्क दाहसंस्कार गर्ने तयारी गरेको हो । अहिले पशुपति आर्यघाटमा शवदाह संस्कार गरेबापत दाउराबाट जलाउने घाटमा रु १५ हजार र विद्युतीय शव दाहगृहमा रु ४ हजार शुल्क लिने गरिएको छ ।

बीच बाटोबाटै भैरहवा फर्केको श्री एयरलाइन्सको जहाजमा के भएको थियो ? Read Previous

बीच बाटोबाटै भैरहवा फर्केको श्री एयरलाइन्सको जहाजमा के भएको थियो ?

मुग्लिन-पोखरा सडक : पूर्वी खण्डमा ७ किमी कालोपत्र गर्ने तयारी, पश्चिम खण्डको निकै सुस्त Read Next

मुग्लिन-पोखरा सडक : पूर्वी खण्डमा ७ किमी कालोपत्र गर्ने तयारी, पश्चिम खण्डको निकै सुस्त