तनहुँ-१ मा स्वर्णिम दोब्बर बढी मतले अगाडि

काठमाडौं । तनहुँ क्षेत्र नं. १ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार स्वर्णिम वाग्लेले दोब्बर बढी मतले अग्रता लिएका छन् ।

बिहान ७ः३० बजेसम्मको अन्तिम मत परिणाम अनुसार वाग्लेले ६२०३ मत पाएका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २७०० मत ल्याएर पछ्याइरहेका छन् । तेस्रोमा रहेका नेकपा एमालेका सर्वेन्द्र खनालले १६८५ मत पाएका छन् ।

आइतबार सम्पन्न निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा ६३ हजार ७५७ मत खसेको थियो।

नेपाली सडकमा ५ हजार बढी मन्हिद्रा स्कर्पियो पिकअप Read Previous

नेपाली सडकमा ५ हजार बढी मन्हिद्रा स्कर्पियो पिकअप

थ्रीस्टार हाइड्रोपावरको आइपीओ खुल्यो Read Next

थ्रीस्टार हाइड्रोपावरको आइपीओ खुल्यो