राति ९ बजेसम्म मात्र देउसीभैलो खेल्न पाइने

सुर्खेत । जिल्ला प्रशासन कार्यालयले राति ९ बजेसम्म मात्र देउसीभैलो खेल्न निर्देशन दिएको छ । राति अबेरसम्म देउसीभैलो खेल्दा शान्ति सुव्यवस्थामा असर पुग्ने भएकाले प्रशासनले उक्त समयसीमा तोकेको हो ।

 

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी उत्तम शर्माले वीरेन्द्रनगरमा राति अबेरसम्म देउसीभैलो खेल्न अनुमति दिँदा प्रहरीलाई सुरक्षा प्रदान गर्न मुस्किल हुने बताए । “देउसीभैलोका नाममा जबर्जस्ती रकम सङ्कलन र ध्वनि प्रदूषण गर्न पाइन्न”, उनले भने ।

 

स्थानीय प्रशासनको निर्देशनलाई अटेर गरेमा प्रचलित कानूनबमोजिम कारवाही गरिो छ । प्रहरी नायब उपरीक्षक रवि रावलले कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन प्रहरीले गस्ती बढाएको बताए।रासस

तिहार बिदाको दिनमा पनि निगमको डिपो खुल्ला रहने Read Previous

तिहार बिदाको दिनमा पनि निगमको डिपो खुल्ला रहने

अब चितवनसम्मै  पाइपलाइनबाट ग्यास आउने Read Next

अब चितवनसम्मै पाइपलाइनबाट ग्यास आउने