कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिने, तर प्रतिपक्षमा बस्ने

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ । कांग्रेस संसदीय दलको आज बसेको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको हो ।

यसैगरी बैठकले पार्टी प्रतिपक्षमा रहने समेत निर्णय गरेको छ । यस अघि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको थियो ।

प्रधानमन्त्री दाहालले सोमबार साँझ सभापति देउवा निवास पुगेर विश्वासको मत मागेका थिए। जवाफमा सभापति देउवाले पार्टीको संसदीय दलको बैठकमा उक्त विषय छलफल गरी निर्णय गर्ने बताएका थिए । प्रधानमन्त्री दाहालले आजको प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्नुहुने कार्यसूची रहेको छ ।

दोधारा चाँदनीमा सुक्खा बन्दरगाहको डीपीआर बन्दै Read Previous

दोधारा चाँदनीमा सुक्खा बन्दरगाहको डीपीआर बन्दै

सगरमाथा जलविद्युत् कम्पनीले माघ ५ देखि आइपीओ निष्काशन गर्ने Read Next

सगरमाथा जलविद्युत् कम्पनीले माघ ५ देखि आइपीओ निष्काशन गर्ने