बन्यो नयाँ गठबन्धन, प्रचण्ड प्रधानमन्त्री बन्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने भएका छन् ।

आज नेकपा एमले अध्यक्ष खड्गप्रसाद शर्मा ओली निवासमा बालकोटमा भएको एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायतको बैठकले उक्त निर्णय गरेका हुन् ।

नयाँ गठबन्धनको बैठकले दाहाललाई आधा कार्यकाल अर्थात् साढे २ वर्ष प्रधानमन्त्रीको रुपमा अघि सारेको हो । साढे २ वर्षपछि एमालेले प्रधानमन्त्री लिनेछ ।

प्रचण्डलाई एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२ र अन्य साना दलको समेत गरी १६६ सांसदको समर्थन जुटेको बताइएको छ ।

 

सिंहदरबारभित्र ५ वटा चार्जिङ स्टेशन निर्माण हुने, ठेक्का आह्वान Read Previous

सिंहदरबारभित्र ५ वटा चार्जिङ स्टेशन निर्माण हुने, ठेक्का आह्वान

अटोमोबाइल व्यवसायीको बृहत् भेला सम्पन्न, दोस्रो चरणको आन्दोलन गर्ने Read Next

अटोमोबाइल व्यवसायीको बृहत् भेला सम्पन्न, दोस्रो चरणको आन्दोलन गर्ने