अफगानिस्तानमा महिलालाई एनजीओ/आइएनजीओ काम गर्न प्रतिबन्ध

काबुल । अफगानिस्तानको तालिवान प्रशासनले महिलालाई राष्ट्रिय/अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एनजीओ/आइएनजीओ)मा काम गर्न प्रतिबन्ध लगाएको छ ।

सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूमा काम गर्ने महिला कर्मचारीहरूले उचित ड्रेस कोड पालना नगरेको ‘गम्भीर गुनासो’ आएपछि उनीहरूलाई काम गर्नबाट रोक्न आदेश दिएको अफगानिस्तानको अर्थ मन्त्रालयले शनिबार एएफपीलाई जानकारी दिएको छ ।

महिलालाई काम नलगाउन निर्देशन गर्दै सबै गैरसरकारी संस्थाहरूलाई पठाइएको सूचना, जसको एक प्रति एएफपीद्वारा प्राप्त गरिएको, मा भनिएको छ, ‘इस्लामी हिजाबको पालन नगरिएको र राष्ट्रिय र अन्तर्राष्ट्रिय सङ्गठनहरूमा महिलाहरूको कामसँग सम्बन्धित अन्य नियम र कानुनहरूको बारेमा गम्भीर गुनासोहरू आएकोले उनीहरूलाई काम नलगाउन आग्रह गरिएको छ ।’

अफगानिस्तानको अर्थ मन्त्रालयका प्रवक्ताले उक्त आदेशबारे पुष्टि गर्दै सरकारको निर्देशनलाई पालना गर्न सबै संघसंस्थासँग आग्रह गरेको छ ।सिन्ह्वा

हवाई भाडामा भएको ‘कार्टेलिङ’को अध्ययन गर्न मन्त्रालयको निर्देशन Read Previous

हवाई भाडामा भएको ‘कार्टेलिङ’को अध्ययन गर्न मन्त्रालयको निर्देशन

५१ करोडमा बनेको 'धाप ड्याम' नयाँ पर्यटकीय गन्तव्य बन्दै, ३ गुणा ठूलो अर्को ताल बनाइने Read Next

५१ करोडमा बनेको 'धाप ड्याम' नयाँ पर्यटकीय गन्तव्य बन्दै, ३ गुणा ठूलो अर्को ताल बनाइने