सवारीसाधनमा राखिएको झल्लर र स्टिकर हटाउँदै ट्राफिक प्रहरी

काठमाडौं । ट्राफिक प्रहरीले सवारी साधनमा राखिएको कपडाको झलर, डोरी, रिबन, विभिन्न स्टिकरहरू लगायतका सामाग्री हटाउन सुरू गरेको छ ।

काठमाडौँको नागढुङगामा गरिएको चेकिङमा छोटो तथा लामो दूरीमा संचालन हुने सवारी साधनको अगाडि ‍सिसाको भागमा राखिएका झलर, डोरी, रिबन, लेस, स्टिकर लगायतका सामाग्री हटाएको हो ।

दुई दिन गरिएको चेकिङका क्रममा २८ वटा सवारी साधनको झल्लरहरु हटाइएको ट्राफिक प्रहरी प्रभाग नागढुङ्गाका प्रमुख प्रहरी निरीक्षक टपेन्द्र खत्रीले जानकारी दिए ।

सवारी साधनमा राखिएको झल्लर तथा स्टिकरका कारण अन्य सवारी साधनको गतिविधी अनुमान गर्न नसकिने र आफू भन्दा अगाडीको सवारी साधनसँगको ब्रेकिङ डिस्टान्स (सवारीसँगको दूरी) कायम राख्न नसकी सवारी दुर्घटनाको जोखिम बढ्न सक्ने भएकाले हटाउन थालिएको प्रहरीले जनाएको छ ।

सवारी साधनको अगाडि ‍सिसाको भागमा विभिन्न सामाग्री राखिएको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार लापरबाही गरी सवारी साधन चलाएको कसुरमा कारबाही गरीने काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहप्रवक्ता एवम् प्रहरी उपरिक्षक अवदेश विष्ट क्षेत्रीले बताए ।

वार्षिक ५ अर्ब बढीको प्याज आयात, उत्पादन बढाउन अनुदान दिन सुरू Read Previous

वार्षिक ५ अर्ब बढीको प्याज आयात, उत्पादन बढाउन अनुदान दिन सुरू

ट्रम्प अर्गनाइजेसन करछलीको मुद्दामा दोषी ठहर, डोनल्ड ट्रम्पलाई कस्तो पर्छ असर ?   Read Next

ट्रम्प अर्गनाइजेसन करछलीको मुद्दामा दोषी ठहर, डोनल्ड ट्रम्पलाई कस्तो पर्छ असर ?