काठमाडौं । चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दोब्बर बढी मतले अगाडि छन् ।
बुधबार अपराह्न ४ बजेसम्मको मतगणना अनुसार रवि १२ हजार ६८९ मतले अघि छन् । रविले २२ हजार १०१ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेका कृष्णभक्त पोखरेलले ९ हजार ४१२ मत पाएका छन् ।
तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेश श्रेष्ठले ९ हजार ३०६ मत पाएका छन्