असोज १ देखि सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ सेवन निषेध

काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिकस्थलमा धुमपान तथा सुर्तीजन्य पदार्थ सेवनलाई निषेध गर्ने भएको छ ।

महानगरपालिकाको नगरसभाको ११औँ अधिवेशनबाट सार्वजनिकस्थलमा धुमपान गर्न निषेध गर्ने व्यवस्था प्रभावकारीरूपमा कार्यान्वयन गर्ने नीति पारित गरेको छ ।

महानगरपालिकाले एक सूचना जारी गर्दै आउँदो असोज १ गतेबाट महानगरका सार्वजनिकस्थलमा चुरोट, बिडी, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा वा यस्तै प्रकारका अन्य पदार्थ मुखमा राख्ने, त्यस्तो पदार्थको नसा लिने वा सेवन गर्ने कार्य निषेध गरिएको जनाएको छ ।

यसैगरी महानगरको नियम उल्लङ्घन गरेमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ समेतका आधारमा कानुन उल्लङ्घन गर्ने व्यक्तिलाई सार्वजनिकस्थलबाट बाहिर निकाल्ने वा तोकिएबमोजिमको जरिवानासमेत हुने महानगरले जनाएको छ ।

तिनाउ नदीमा बन्ने सिग्नेचर पुलको डिजाइन तयार, निर्माणको तयारी सुरू Read Previous

तिनाउ नदीमा बन्ने सिग्नेचर पुलको डिजाइन तयार, निर्माणको तयारी सुरू

महानगरले हटायो सार्वजनिक जग्गामा निर्माण गरिएको ड्राइभिङ सेन्टर Read Next

महानगरले हटायो सार्वजनिक जग्गामा निर्माण गरिएको ड्राइभिङ सेन्टर