धोविखोला कोरिडोर विस्तारका लागि एकीकृत गुरुयोजना बन्दै

काठमाडौं । सहरी विकास मन्त्रालयले धोविखोला करिडोर विस्तारका लागि एकीकृत गुरुयोजना बनाउने भएको छ । सहरी विकास मन्त्री मेटमणि चौधरीले डुवानको समस्या समेत हल हुनेगरि छिट्टै धोविखोला कोरिडोर विस्तारका लागि एकीकृत गुरुयोजना अघि बढ्ने बताएका हुन् ।

उनले आयोजना विस्तार गर्दा जनताको उठिबास नहुनेगरि योजना अगाडि बढाउनुपर्ने बताए । काठमाडौँ उपत्यका विकास प्राधिकरणले आयोजना गरेको धोविखोला कोरिडोर कपन–बुढानिलकण्ठ डुवान नियन्त्रण आयोजनासम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री चौधरीले यस्तो धारणा व्यक्त गरेका हुन् ।

‘आयोजना बनाउँदै गर्दा नयाँ प्रविधिको प्रयोग गर्नुपर्छ । त्यसका साथै पीडित जनता पनि सामेल हुनुपर्छ । छलफलमा ठुला बडा मात्र सहभागि भएको जस्तो हुनुभएन । स्थानीय जनताको साथ सहयोग भएमा मात्र आयोजना सफल हुन्छ,’ मन्त्री चौधरीले भने ।

त्यसैगरी, सांसद गगन थापाले खुद्रा खुद्रामा बजेट गइरहेको तर समस्या जस्ताको तस्तै रहेको सुनाए । उनले बाटो निर्माण गर्दा वर्षाका कारण हुनसक्ने क्षतिबारे समेत ध्यानआकार्षण गराएका थिए ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणका नायव विकास आयुक्त नवराज प्याकुरेलले उपत्यकामा डुबानको समस्या बढ्न थालेपछि धोविखोला कोरिडोर आयोजनाको कार्यक्षेत्र विस्तार गर्नुपर्ने आवस्यकता बढेको बताए । त्यसैगरि उनले आयोजनाको प्रस्तावित नाम धोविखोला कोरिडोर कपन–बुढानिलकण्ठ डुवान नियन्त्रण आयोजना रहेको बताए । साथै उनले आयोजनाको नाम संशोधन र श्रोतको सुनिस्चतता अर्थमन्त्रालयबाट स्वीकृत भइसकेको जानकारी समेत गराए ।

ठेक्का अलपत्र पार्ने १० कम्पनी कालोसूचीमा (नामसहित) Read Previous

ठेक्का अलपत्र पार्ने १० कम्पनी कालोसूचीमा (नामसहित)

तातोपानी नाकाबाट आउन थाल्यो सामान, दुई दिनमा भित्रिए ८ कन्टेनर Read Next

तातोपानी नाकाबाट आउन थाल्यो सामान, दुई दिनमा भित्रिए ८ कन्टेनर