एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ। बोर्डले बुधबार गत वैशाखमा लिइएको एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो ।

नतिजा अनुसार ४ लाख ९५ हजार ७५१ जना सहभागी भएका बोर्डले जनाएको छ । जसमा ९ हजार ६३३ जनाले ३.६ देखि ४ जीपीए ल्याएर उत्तीणए भएका छन् ।

यस्तै, ३.२ देखि ३.६ जीपीए ल्याएर ४१ हजार ६२७ जना, २.८ देखि ३.२ जीपीए ल्याएर ६९ हजार ९०० जना, २.४ देखि २.८ जीपीए ल्याएर ९० हजार ७५८ विद्यार्थी उत्तीर्ण भएका छन् ।

यसैगरी २.० देखि २.४ जीपीए ल्याउने विद्यार्थीको संख्या १ लाख १२ हजार ७३३ जना रहेको छ भने १.६ देखि २.० जीपीए ल्याउने विद्यार्थीको संख्या १ लाख ५९४ जना रहेको छ ।

यस्तै १.२ देखि १.६ जीपीए ल्याउने विद्यार्थीको संख्या ४४ हजार ५८६ जना रहेको छ भने ०।८ देखि १.२ जीपीए ल्याउनेको संख्या ३ हजार २८० जना रहेको छ । परीक्षामा २२ हजार ६४० जना अनुपस्थित रहेको थियो ।

यस्ता छन् नतिजा हेर्ने सजिलो तरिका

विद्यार्थीको सहजताका लागि एसईई परीक्षाको नतिजा हेर्न आईभीआर, एसएमएस र वेबसाइटको व्यवस्था गरिएको छ । SEE लेखेर सिम्बोल नम्बर टाइप गरी ३५००१, ३४९४९, ३१००३ वा १६०० मा एसएमएस पठाएर थाहा पाउन सकिने छ ।

त्यस्तै नेपाल टेलिकमका प्रयोगकर्तालर १६०० डायल गरेर पनि आफ्नो एसईईको नतिजा थाहा पाउन सक्ने छन् । यी बाहेक विभिन्न वेबसाइट र एपबाट समेत एसईईको नतिजा थाहा पाउन सकिने छ ।

राष्ट्रिय परीक्षा बोर्डको एसईईको वेबसाइट, राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट, खल्ती, निमा एकेडेमी, इकान्तिपुर डटकम, दि कनेक्ट प्लस, इडियु सञ्जाल, नेपाल टेलिकम र रिडर्स पोइन्टको वेबसाइटबाट समेत नतिजा थाहा पाउन सकिने छ ।

राजा त्रिभुवन र महेन्द्र कुन कम्पनीको गाडी चढ्थे ? Read Previous

राजा त्रिभुवन र महेन्द्र कुन कम्पनीको गाडी चढ्थे ?

भदौ २३ देखि फर्निचर मेला आयोजना हुने Read Next

भदौ २३ देखि फर्निचर मेला आयोजना हुने